Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

मिलेन धरानको विवाद : माओवादीका माग केन्द्रमा सिफारिस

मिलेन धरानको विवाद : माओवादीका माग केन्द्रमा सिफारिस

  • बुधवार, जेठ ४ २०७९

  • 684
    SHARES

  • मिलेन धरानको विवाद : माओवादीका माग केन्द्रमा सिफारिस

    काठमाडौं - सुनसरीको धरान उपमहानगरपालिकामा बुधबार दिउँसोदेखि मतगणना स्थगित भएको छ।

    वडा नम्बर २० मतपरिणाम सार्वजनिक गर्ने बेलामा माओवादी केन्द्रले विवाद झिकेको हो।

    बुधबार दिउँसो धरान वडा नम्बर २० को मतगणना सकिएको थियो। उक्त वडामा चार मतको अन्तरले कांग्रेसका पदम लिम्बुले वडाध्यक्ष जिते। माओवादी केन्द्रका विजय तामाङ पराजित भए।

    मतगणनाको क्रममा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षरबिनाको पाइएको थियो। तीमध्ये ११ मतमा वडाध्यक्षमा माओवादी केन्द्रलाई मत दिइएको थियो।

    माओवादी केन्द्रसहितको सर्वदलीय बैठकले ती सबै मतपत्र रद्द गर्ने निर्णय गरेको थियो। अन्तिम परिणाममा आफ्ना वडाध्यक्ष चार मतले हारेपछि माओवादीले तिनै मतपत्रको विवाद झिकेर प्रदर्शन गरेको हो।

    माओवादीले अहिले तिन माग राखेको छ। मतपत्रमा हस्ताक्षर नगर्ने मतदान अधिकृतलाई कारबाही गर्नुपर्ने, बदर भएको १८ मत सदर गर्नुपर्ने र सदर नभए पुनस् मतदान गर्नुपर्ने उसका माग छन्।

    मुख्य निर्वाचन अधिकृत पुष्करराज नेपालले उनका माग काठमाडौंस्थिति केन्द्रीय कार्यालयमा पठाइदिएका छन्।

    ‘मैले उहाँहरूका माग काठमाडौं पठाइदिएको छु। दलहरूलाई पनि छलफलका लागि बोलाएको छु। केन्द्रले जे निर्णय गर्छ त्यहीअनुसार प्रक्रिया अघि बढ्छ,’ नेपालले भने।

    आयोगका प्रवक्ता शालिग्राम शर्माले धरानबारे निर्णय भयो कि भएन भन्नेबारे आफूलाई जानकारी नभएको बताए।


    बुधवार, जेठ ४ २०७९०६:५३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij