Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पोखरामा विवाद रोकियो, मतगणना पुनः सुरु

पोखरामा विवाद रोकियो, मतगणना पुनः सुरु

  • बुधवार, जेठ ४ २०७९

  • 494
    SHARES

  • पोखरामा विवाद रोकियो, मतगणना पुनः सुरु

    काठमाडौँ । पोखरा महानगरपालिकाको मतगणना स्थलमा प्रतिनिधिको विषयमा विवाद हुँदा रोकिएको मतगणना पुनः सुरु भएको छ ।

    नेकपा एमालेका प्रतिनिधिले मतगणना स्थलमा सत्ता गठबन्धनले तोकिएको भन्दा धेरै प्रतिनिधि राखेको भन्दै विरोध जनाएपछि मतगणना रोकिएको थियो । सहिदचोकस्थित जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको मतगणनाका क्रममा दलका प्रतिनिधिबीच विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले पुनः सुरु भएको हो ।

    वडा नम्बर ७ को मतगणना भइरहँदा एमाले प्रतिनिधिले नेपाली कांग्रेसले धेरै प्रतिनिधि प्रवेश गराएको आरोप लगाउँदै एमाले कार्यकर्ताले मतगणना भइरहेको हल बाहिर नाराबाजीसमेत गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि हाल मतगणना सुरु भएको हो ।


    बुधवार, जेठ ४ २०७९०६:२०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij