Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

मंगलबार ८४ अंकले घटेको नेप्से आज झिनो अंकले सुधार

मंगलबार ८४ अंकले घटेको नेप्से आज झिनो अंकले सुधार

  • बुधवार, जेठ ४ २०७९

  • 450
    SHARES

  • मंगलबार ८४ अंकले घटेको नेप्से आज झिनो अंकले सुधार

    काठमाडौं – सेयर बजार नेप्से बुधबार करिब ९ अंकले सुधार आएको छ। हिजो मंगलबार ८४ अंकले घटेको नेप्से परिसूचक बुधबार ८.९ अंकले बढेर नेप्से परिसूचक २२ सय ७४.४२ अंकमा पुगेर बन्द भएको छ ।

    नेप्सेको सेन्सेटिभ इन्डेक्स २.४१ अंकले सुधार आई सेन्सेटिभ इन्डेक्स ४४१ अंकमा पुगेको छ। केही सुधार आएको नेप्सेमा एकै दिन १०९ कम्पनीका सेयर धनीले नाफा कमाएका छन् ।

    नेप्सेमा बुधबार ७० कम्पनी का सेयरधनीले घाटा व्यहोर्दा एक मात्र कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लागेको कम्पनीमा वोमी माइक्रो फाइनान्सको सेयर मूल्य १११ रुपैयाँ घटेर एक हजार एक रुपैयाँमा कारोबार भएको छ ।

    नेप्सेमा बुधबार बजारमा ३१ लाख ५६ हजार कित्ता शेयर खरिद बिक्री हुँदा एक अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।


    बुधवार, जेठ ४ २०७९०५:२६:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij