Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

देशभर ८ जिल्लाको मत गणना सकियो, यस्तो छ नतिजा !

देशभर ८ जिल्लाको मत गणना सकियो, यस्तो छ नतिजा !

  • मंगलवार, जेठ ३ २०७९

  • 513
    SHARES

  • देशभर ८ जिल्लाको मत गणना सकियो, यस्तो छ नतिजा !

    काठमाडौँ - प्रदेश १ मा २ वटा जिल्लामा मत गणना सकिएको छ । वाग्मतीमा १ वटामा सकिएको छ । गण्डकीमा ३ वटा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा १-१ वटा जिल्लाको मत गणना सम्पन्‍न भएको छ ।

    हालसम्म ८ वटा जिल्लाको मत गणना सम्पन्‍न भएका छन् । जसमध्ये प्रदेश १ का २, वाग्मतीको १, गण्डकीका ३, लुम्बिनी र सदूपरपश्चिमका १-१ जिल्लामा मतगणना सम्पन्‍न भएको हो । प्रदेश २ र कर्णाली प्रदेशका कुनै पनि जिल्लामा मत गणना सम्पन्न भएको छैन ।

    प्रदेश १ को ताप्लेजुङमा कांग्रेस ४, एमालले ३ र माओवादी केन्द्रले २ वटा पालिका जितेका छन् । यस्तै, तेह्रथुम जिल्लाको पनि मतगणना सम्पन्न भएको छ । जिल्लाका ६ पालिकामध्ये कांग्रेस र एमालेले ३-३ वटा जिल्लामा जित हासिल गरेका छन् ।

    वाग्मती प्रदेशमा रसुवाका स्थानीय पालिकाहरूको मत गणना सम्पन्‍न भएको छ । जिल्लाका ५ वटा पालिकामध्ये कांग्रेसले ३ र एमालेले २ वटा पालिका जितेको छ ।

    गण्डकी प्रदेशको म्याग्दी, मनाङ र मुस्ताङ जिल्लाको मत गणना सम्पन्‍न भएको छ । म्याग्दीमा एमालेले ३ र कांग्रेसले २ वटा पालिकामा जित हासिल गरेका छन् ।

    मुस्ताङका ५ वटा पालिकामध्ये एमालेले ४ वटा र कांग्रेस एउटा पालिकामा विजयी भएको छ । मनाङमा २-२ वटा पालिका कांग्रेस एमालेले जितेका छन् ।

    लुम्बिनी प्रदेशको पूर्वी रोल्पाका ९ वटा पालिकामध्ये माओवादी केन्द्रले ७ र कांग्रेसले २ वटा पालिका विजयी भयो ।

    सुदूरपश्चिमको दार्चुलामा एमालले ५ र माओवादीले ४ वटा पालिका जित्यो ।

    मधेस र कर्णाली प्रदेशको कुनै पनि जिल्लाको सबै पालिकाको मत गणना सम्पन्न भएको छैन । मधेस प्रदेशको महोत्तरी र रौतहट जिल्लाका कुनै पनि पालिकाको नतिजा आइसकेको छैन ।


    मंगलवार, जेठ ३ २०७९०४:३९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij