काठमाडौं । नेपाली कम्युनिष्ट इतिहासको ७१ वर्षपछिको विरासत हेर्दा वामपन्थीहरु निकै लोकप्रिय बनेका थिए । उनीहरुले साँठगाँठ गरेर भएपनि आफ्नो साखलाई उच्च बनाउने प्रयत्न पनि गरे ।
२०७५ साल जेठ ३ गते नेपालका दुई बामघटक मिलेर एकीकृत शक्ति निर्माणको अभियानमा जुटे । केही समय उनीहरुबीचको सामिप्यता निकै प्रगाढ र सन्तुलित बन्दै गयो । कम्युनिष्ट मिल्नुपर्छ भन्दै तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षद्वयले हस्ताक्षर गरे । आलोपालो सरकार र पार्टी चलाउने सहमति भयो ।
समय बित्दै जाँदा नेकपाका दुई पाइलटबीच विमान को हाँक्ने भन्ने विषयमा विवाद चर्किँदै गयो । विमान हाँक्न तम्सिएका दुवै पाइलटले दुर्घटना गराउँछन् की भन्नेमा यात्रुहरुको चिन्ता बढ्दै थियो । तत्कालीन नेकपाका प्रथम भनिएका अध्यक्ष केपी शर्मा ओलीले नै बढीजसो विमान हाँक्न इच्छा देखाएका थिए । अवस्था यतिसम्म आयो की, को–पाइलटको पालो नआइ रिटायर हुनुपर्ने ।
नेकपाको नामलाई लिएर सर्वोच्च अदालतमा ऋषिराम कट्टेललको मुद्धा पनि दायर गरेका थिए । एकताको क्रममा सामान्य विषयलाई नै ख्याल नगरी भएका सहमति र सहकार्यलाई २३ फागुन २०७७ को सर्वोच्चको फैसलाबाट नेपाल कम्युनिष्ट पार्टी नेकपाको खारेजी भयो । यो खारेजीले कसलाई फाइदा पुग्यो अहिले भन्न सकिने परिस्थिति छैन । तर, ठूलो घाटा एमालेले व्यहोर्दै आएको छ ।
स्थानीय तहको मतपरिणाम सार्वजनिक भइरहेको बेला एमाले अत्तालिएको छ, यतिसम्मकी निर्वाचनमा गठबन्धनले धाँधली गरेको भन्दै वक्तव्य सार्वजनिक गर्न बाध्य भएको छ । आफ्नो लोकप्रियतालाई थेग्न नसकेको एमाले र पार्टीभित्रको इगोका कारण अहिले ठूलो क्षति देखिएको छ ।
अहिलेको अवस्थामा नेकपा माओवादी केन्द्र र एमाले उस्तै–उस्तै अवस्थामा देखिएका छन् । कांग्रेसले भने गठबन्धनबाट लोकप्रिय मत बटुलिरहेको छ । स्थानीय तहको निर्वाचनमा सर्वाधिक मत बटुल्ने एमालेको चाहानामा तुषारापात भएको छ ।
कांग्रेसले आफ्नो पपुलारिटी चिन्दाचिन्दै मुलुकलाई दुर्घटनाबाट जोगाउन गरेको गठबन्धनले उसलाई भने फाइदा देखिएको छ । मतपरिणामले कांग्रेस सन्तुष्ट छ ।