Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अफगानिस्तानद्धारा ८० तालिवान कैदीबन्दीलाई रिहा

अफगानिस्तानद्धारा ८० तालिवान कैदीबन्दीलाई रिहा

  • शुक्रवार, श्रावण ३० २०७७

  • 792
    SHARES

  • अफगानिस्तानद्धारा ८० तालिवान कैदीबन्दीलाई रिहा

    काठमाडौं । अफगानिस्तान सरकारले विभिन्न कारागारमा रहेका ४ सय तालिवान कैदी बन्दीहरुलाई रिहा गर्ने शर्त अनुरुप आज ८० जनालाई रिहा गरेको छ ।

    अफगानिस्तानमा विगत १९ बर्षदेखि युद्ध अपराध गर्दै आएको तालिवान बिद्रोही र अफगान सरकारबीच शान्तिवार्ता अघि तालीवानी विद्रोहीले अफगानिस्तानको कारागारमा रहेका कैदीबन्दीलाई रिहा गर्न शर्त अघि सारे अनुरुप अफगान सरकार कैदीलाई रिहा गर्न सहमत भएको हो ।

    रिहा गरिएकाहरुमा आतंकवादमा संलग्न अफगानी नागरिक र बिदेशी पर्यटक रहेका छन् । अफगानिस्तानको यो निर्णयले लामो समय ढिलाइ भएको शान्ति वार्ताको लागि मार्ग प्रशस्त गर्ने अनुमान गरिएको छ ।

    अफगानिस्तानले आफ्ना देशमा रहेको ४ सय कैदी रिहा गर्ने वचन दिएअनुसार पहिलो चरणमा ८० जना रिहा गरेको हो । बाँकीलाई भने चरणबद्ध रुपमा रिहा गर्दै जाने जनाईएको छ । कैदीबन्दीको रिहाइपछी अव यी दुई समूहबीच केही दिनमा कतारमा शान्ति वार्ता सुरु हुने अपेक्षा गरिएको छ ।

    कैदी बन्दीको रिहाईले प्रत्यक्ष वार्ता र राष्ट्रव्यापी युद्धविरामको लागि गतिलो प्रयास भएको अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयले जनाएको छ ।

    २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि अफगानिस्तानबाट तालिबानलाई सत्ताबाट हटाइएको थियो । एजेन्सी ।


    शुक्रवार, श्रावण ३० २०७७०२:११:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij