काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओली गर्न नहुने काममा पनि हाम फल्ने खतरा रहेको बताउनु भएको छ ।
नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डले एक अर्काप्रति गरेको कतिपय व्यवहार नराम्रोसँग मनमा लिएकाले दुवैले एक अर्का दवाउने दाउमा रहेको उहाँको बुझाई छ ।
प्रचण्डले जतातजतैबाट घेराबन्दी गरेको र आफ्ना विरुद्ध धेरै संयन्त्र परिचालन गरेको ठानेर प्रचण्डलाई पेन्डुलम नै बनाइ राख्ने ओलीको चाहना देखिन्छ ।
त्यसैगरी प्रचण्डले भने आफुलाई ओलीले पटक पटक अपमानीत गरेको, अटेरी गरेको र पेन्डुलम बनाइरहेको ठानेर ओलीप्रतिको प्रतिशोध नराम्रोसँग साँधेको पाईन्छ ।
एक अर्काप्रतिको मनमा विझेको प्रतिशोधका कारण सहजै मिल्ने र दुवैले हार्दिकतापुर्वक विश्वास गर्ने अवस्था नरहेको नेता मैनालीको ठम्याई छ ।
प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री मध्ये कुनैपनि पद प्रचण्डलाई मात्रै पुरै सुम्पिन तयार नरहेको र दुई मध्ये एक नलिई नछाड्ने प्रचण्डको अठोट रहेकाले पनि दुई जनाको झगडाले नराम्रो रुप लिनसक्ने मैनालीले बताउनुभयो ।
एकले अर्कालाई सिध्याउने प्रतिशोधका कारण पार्टी विभाजनको अवस्थामा पुग्ने विश्लेषण गर्दै मैनालीले पार्टी विभाजन भएमा ओलीले एमाले व्युताएपनि पुर्व एमालेका माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेता कता जाने भन्ने अन्यौलता रहन सक्ने धारणा राख्नुभयो ।