Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

महामारी परास्त गर्न चीनको शून्य-कोभिड रणनीति दिगो भएन : डब्लूएचओ

महामारी परास्त गर्न चीनको शून्य-कोभिड रणनीति दिगो भएन : डब्लूएचओ

  • बुधवार, बैशाख २८ २०७९

  • 446
    SHARES

  • महामारी परास्त गर्न चीनको शून्य-कोभिड रणनीति दिगो भएन : डब्लूएचओ

    एजेन्सी । महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि नै कोभिडको अहिलेसम्मकै खराब अवस्थाविरूद्ध लड्न सांघाईका साढे दुई करोड मानिसहरू हप्तौँदेखि घरमा बस्न बाध्य भइरहेका बेला डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससको भनाई आएको हो ।

    ‘जब हामी शून्य–कोभिड रणनीतिको बारेमा कुरा गछौँ, भाइरसको व्यवहार र भविष्यमा हामीले के अनुमान गर्छौं भन्ने विषयलाई मनन गर्दा यो दिगो छ भन्ने लाग्दैन’, टेड्रोस अधानोम गेब्रेयससले पत्रकार सम्मेलनमा भने ।

    चीनमा पछिल्लो समयमा कोभिड संक्रमणका घटना तीब्र बृद्धि भएका छन् । कोभिडबाट सांघाइ सहर नराम्रोसँग प्रभावित छ । सांघाइमा कोभिडबाट अहिलेसम्म ५ सय जनाको मृत्यु भएको छ ।


    बुधवार, बैशाख २८ २०७९०७:४८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij