Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

राजनीतिककर्मीले बाटो बिराउँदा समाजवाद धरापमा

राजनीतिककर्मीले बाटो बिराउँदा समाजवाद धरापमा

  • सोमवार, बैशाख २६ २०७९

  • 447
    SHARES

  • राजनीतिककर्मीले बाटो बिराउँदा समाजवाद धरापमा

    काठमाडौं– नेपालका अधिकांश राजनीतिक दलको लक्ष्य मुलुकमा समाजवाद ल्याउने र जनतालाई अधिकार सम्पन्न बनाउने रहेको छ ।

    समाजवाद भन्नाले मुलुकको अर्थव्यवस्था पूर्ण रुपमा सरकारमा नीहित हुनु हो । समाजवादी व्यवस्था ल्याउनका लागि लामो समय राजनीतिक आन्दोलनमा होमिएका दलहरुले बेलाबखत बाटो बिराउँदा यो यात्रा थप चुनौतिपूर्ण बन्दै गएको छ ।

    मुलुकको राजकीय पदमा जसरी पनि पुग्नैपर्ने कसरतले समाजवादी यात्रा बोकेका दलहरुको लक्ष्य बिस्तारै अवसरवादमा परिणत हुँदै गएको कम्युनिष्ट नेता मोहनविक्रम सिंह बताउनुहुन्छ ।

    निर्वाचनको समयमा जनतालाई विभिन्न आश्वासन बाँडेर घर, समाज फुटाउने गरेको राजनीतिककर्मीमाथि आरोप समेत लाग्न थालेको छ ।

    राजनीतिको गलत बुझाईले गाउँघरमा हुने अर्म पर्म, दुःख गाह्रोमा समेत एकले अर्कोलाई सहयोग गर्ने चलन बिस्तारै हराउँदै गएको देखिन्छ । कतिपय ठाउँमा त पानी बाराबारसम्मको स्थिति सिर्जना हुने गरेको छ । तर, निर्वाचनमा मतदाताबीच समस्या पैदा भएपनि चुनाव लगत्तै त्यो परिस्थिति घटेर जाने राजनीतिक विश्लेषक शंकर तिवारी बताउनुहुन्छ ।

    खर्चिलो र भड्किलो राजनीतिक अवस्थाले मुलुकमा समाजवादको यात्रालाई थप संकट उन्मुख बनाएको राजनीतिक विश्लेषकहरु बताउँछन् । समाजमा विभाजन ल्याउने गलत प्रवृत्तिलाई निरुत्साहित गर्न राज्य संयन्त्रनै सचेत हुनुपर्ने देखिन्छ ।


    सोमवार, बैशाख २६ २०७९०८:२६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij