काठमाडौँ । नेपाली गित संगीतमा एक पछि अर्को गीत बजारमा आईरहेका बेला कलाकार नरेन्द्र मल्ल ठकुरीको लोक दोहोरि गीत ‘छेऊमै म छुँ नी’ सार्वजनिक भएको छ ।
कलाकार मल्लको आफ्नै आवाज रहेको गीतमा लय तथा शब्द पनि स्वयम् मल्लकै रहेको छ । जस्मा उनलाइ लोकप्रिय दोहोरि गायिका सुनिता बुढा क्षेत्री, सपना सुनार र बिरेन महताले स्वरमा साथ दिएका छन् ।
एस थ्री के इन्टरटेनमेन्टको अफिसियल च्यानलबाट सार्वजनिक म्युजिक भिडियोमा सृजन बरालको निर्देशन रहेको छ भने प्रकाश खड्काले छायांकन गरेका छन् । यस्तै भिडियो सम्पादन अमृत चापागाईले गरेका छन् ।
भिडियोमा सतिश अधिकारि,अन्जु निरौलाका साथमा हास्य क्षेत्रमा निकै लोकप्रिय व्यक्ति हेमराज अधिकारीको अभिनय रहेको छ ।