Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आफ्नै कारणले विश्वसनीयता गुमाउदै कम्युनिष्ट, विप्लव चिराबिरा

आफ्नै कारणले विश्वसनीयता गुमाउदै कम्युनिष्ट, विप्लव चिराबिरा

  • शुक्रवार, बैशाख २३ २०७९

  • 938
    SHARES

  • आफ्नै कारणले विश्वसनीयता गुमाउदै कम्युनिष्ट, विप्लव चिराबिरा

    काठमाडौं – नेपालमा लामो समय आन्दोलनको मोर्चामा होमिएका कम्युनिष्ट पार्टीहरुमा आएको विभाजनले उनीहरुको सिद्धान्त र विचारलाई गिज्याइरहेको छ । खासगरी विभाजनको पहिलो पंक्तिमा आन्दोलनमै होमिएका पार्टी रहेका छन् ।

    १० वर्षे सशस्त्रद्वन्द्वबाट उदाएको माओवादी अहिले चिराबिरा भएको छ । माओवादीबाट टुक्रिएका मोर्चाहरुबीच पनि विभाजनको श्रृखंला कायमै छ । पछिल्लो समय नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पनि विभाजित भएको छ । विप्लवले नेताहरु धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन) लाई फुटपरस्त अराजक गतिविधि र आर्थिक अनियमितता जस्ता कारणले पदमुक्त गर्नुभएको थियो ।

    त्यसपछि चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हटाउने निर्णय गरेको हो । ओली र बास्तोला समूहका नेता गुणराज लोहनीले स्थानीय तहको निर्वाचनमा पार्टी केन्द्रीय समितिको निर्णयविपरीत सहभागी भएको, एमसीसी पक्षधर एमाले र कांग्रेससँग चुनावमा गठबन्धन गरेको लगायतका विषयलाई लिएर महासचिवबाट चन्दलाई हटाइएको बताउनुभयो ।

    धर्मेन्द्र बास्तोला पक्षले नेत्रविक्रम चन्दलाई क्रान्तीको सैद्धान्तिक बाटो छोडेर गलत बाटोमा हिडेको आरोप लगाएको छ । वर्तमान अवस्थामा कुनै पनि संसदीय पार्टीबाट जनताहरु सन्तुष्ट नभएको सो समूहका नेता लोहनीको भनाइ छ ।

    विप्लव पक्षले पनि बास्तोला पक्षले गरेको कारबाहीको कुनै अर्थ नभएको दाबी गर्दै आएको छ । कम्युनिष्टको विभाजन, कारबाही, सैद्धान्तिक विचलनले राजनीति सत्ता प्राप्तिको खेल मात्रै हो की भन्ने विश्लेषकहरुको आंकलन छ । नेपालमा कम्युनिष्टहरुले सर्वहारा वर्गको पार्टी भन्ने गरेपनि व्यक्तिवादी प्रवृति हाबी भएको वरिष्ठ अधिवक्ता एवम् राजनीतिक विश्लेषक दिनेश त्रिपाठीले बताउनुभयो । अहिले विप्लव र धर्मेन्द्र बास्तोलाबीचको लडाई कुनै राजनितिक नभइ जुँगाको लडाई मात्रै भएको त्रिपाठी बताउनुहुन्छ ।

    पार्टीको केन्द्रीय सदस्यस्तरले चलाउनुपर्ने केन्द्र एउटै मान्छेको ठेक्का जस्तो हुने, पार्टीभित्र अमुक मान्छेको जीवन बहालवाला मन्त्री जस्तो भैराख्ने र अर्को त्यहींस्तरको नेताले भिख मागेजसरी खर्चका लागि गुहार्नुपर्ने विषयले कम्युनिष्टमा विभाजन आइरहेको राजनीतिक विश्लेषकहरुको दाबी छ ।


    शुक्रवार, बैशाख २३ २०७९०८:२८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij