Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओलीले सम्बोधन गर्दैगर्दा सर्प निस्किएपछि...

ओलीले सम्बोधन गर्दैगर्दा सर्प निस्किएपछि...

  • बिहिवार, बैशाख २२ २०७९

  • 3.2K
    SHARES

  • ओलीले सम्बोधन गर्दैगर्दा सर्प निस्किएपछि...

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेको कार्यक्रममा सर्प निस्किएपछि होहल्ला भएको छ । सम्बोधनका क्रममा माइकले राम्रो काम नगरेर हैरान भएका ओलीलाई सर्पका कारण थप तनाव थपेको थियो ।

    कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैगर्दा ‘माइक’ को व्यवस्था राम्रो नभएकोले ओलीले आफ्नो सम्बोधन छोट्याउनु भएको थियो ।

    सम्बोधनका क्रममा ओलीले आमसभामा उपस्थित कार्यकर्ता तथा जनसमुदायलाई भोट दिने तरिका पनि सिकाउनु भएको थियो । उहाँले भोट दिने तरिका सिकाइरहँदा सभास्थलमा सर्प निस्किएपछि केहीबेर होहल्ला भएको हो ।

    तर, मञ्चमै रहेका एमालेका स्थानीय नेता–कार्यकर्ताले ‘सर्प आएको हो’ भनेपछि ओलीले आफ्नो सम्बोधन केहीबेर रोक्नुभएको थियो ।

     


    बिहिवार, बैशाख २२ २०७९०३:३२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij