Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

राजु अर्याललाई सशस्त्रको आईजीपी बनाउने सरकारको निर्णय

राजु अर्याललाई सशस्त्रको आईजीपी बनाउने सरकारको निर्णय

  • आइतवार, बैशाख १८ २०७९

  • 518
    SHARES

  • राजु अर्याललाई सशस्त्रको आईजीपी बनाउने सरकारको निर्णय

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक (आईजीपी) मा राजु अर्याललाई बढुवा गरिएको छ । आइताबार (आज)को मन्त्रिपरिषद् बैठकले अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

    अर्याल वैशाख १४ गते एआईजीपीमा बढुवा भएसँगै आईजीपीका एकल दाबेदार हुनुुहुन्थ्यो । सशस्त्र प्रहरी बलमा एआईजीबाट मात्रै आईजीपी बनाउने प्रावधान छ ।

    दुई एआईजीको दरबन्दी रहेको सशस्त्रमा अर्का एआईजी रामशरण पौडल पनि यही आइतबार नै आईजीपी पुष्पराम केसीसँगै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि सरकारले अर्याललाई आईजीपीमा बढुवा गरेको हो ।

    २०५४ चैत १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका अर्याल २०५८ सालमा सशस्त्र प्रहरी बल नेपालमा स्थानान्तरण हुनुभएको थियो ।


    आइतवार, बैशाख १८ २०७९०१:५८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij