Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

 सुदूरपश्चिम इञ्चार्ज भट्टको अधिकार माओवादीले खोस्यो

 सुदूरपश्चिम इञ्चार्ज भट्टको अधिकार माओवादीले खोस्यो

  • शनिवार, बैशाख १७ २०७९

  • 872
    SHARES

  •  सुदूरपश्चिम इञ्चार्ज भट्टको अधिकार माओवादीले खोस्यो

    काठमाडौं – स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्दा जथाभावी निर्णय गरेको भन्दै नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश इञ्चार्ज खगराज भट्टको अधिकार खोसेको छ ।

    निर्वाचन प्रयोजनका सन्दर्भमा अबदेखि भट्टको हस्ताक्षर नचल्ने गरी माओवादी केन्द्रले उहाँको अधिकार खोसेको हो ।

    माओवादी केन्द्रीय कार्यालयले अबदेखि प्रदेश समिति अध्यक्ष हरिराम चौधरीको हस्ताक्षर आधिकारिक हुने भन्दै निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएको छ ।

    माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले अबदेखि निर्वाचन प्रयोजनका लागि चौधरीको हस्ताक्षर चल्ने निर्णय भएको पुष्टि गरेका छन् ।

    यसअघि अध्यक्ष निर्वाचित नभएकाले इन्चार्जलाई जिम्मा दिइएको थियो, अहिले अध्यक्ष निर्वाचित भइसकेकाले अध्यक्षकै हस्ताक्षर चल्छ’ उनले भने । यसअघि इन्चार्ज भट्टले गरेको हस्ताक्षर मान्य हुने तर अबदेखि भने चौधरीको हस्ताक्षर चल्ने ढकालले बताएका छन् ।


    शनिवार, बैशाख १७ २०७९०३:००:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij