Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ललितपुरमा अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द

ललितपुरमा अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द

  • बुधवार, श्रावण २८ २०७७

  • 809
    SHARES

  • ललितपुरमा अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द

    काठमाडौं । ललितपुर महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्न गर्ने निर्णय गरेको छ ।

    महानगरपालिकाले बुधबार विज्ञप्ति जारी गरी दिनदिनै कोरोना संक्रमण बढिरहेकोले महानगरपिलकाबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो । यो अवधिमा महानगरपालिकाले स्वास्थ्य, सरसफाइ र विपदसँग सम्बन्धी सेवा भने सञ्चालन हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

    यसअघि काठमाडौं उपत्यकामा रहेका नगरपालिकाहरुको मेयरहरुको संगठन नगरपालिका मेयर्स फोरमको बैठकले स्थानीय तहले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

    महानगरपालिकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । बाहिर निस्कन परे पनि अनिवार्यरुपमा मास्क लगाउन र सामाजिक दुरी कायम गर्न अनुरोध गरेको छ ।


    बुधवार, श्रावण २८ २०७७०६:४६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij