Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा ३० अंकको बृद्धि, डेढ अर्ब पनि पुगेन कारोबार

नेप्सेमा ३० अंकको बृद्धि, डेढ अर्ब पनि पुगेन कारोबार

  • बुधवार, चैत्र ३० २०७८

  • 1.2K
    SHARES

  • नेप्सेमा ३० अंकको बृद्धि, डेढ अर्ब पनि पुगेन कारोबार

    काठमाडौँ । साताको चौंथो कारोबार दिन आज शेयर बजार मापक सूचक (नेप्से) ३०.२४ अंकले बढेको छ । आज नेप्से परिसूचक १.२७ प्रतिशतले बढेर २४१५.२४ बिन्दुमा पुगेको छ ।

    आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयरको २८ हजार ९४५ पटक कारोबार भएको छ । यसबाट एक अर्ब ४७ करोड रूपैयाँको कारोबार भएको छ ।
    कारोबार भएका कुल कम्पनीमध्ये १६४ कम्पनीको मूल्य बढेको छ भने जम्मा २५ कम्पनीको मूल्य घटेको छ । बाँकी ६ कम्पनीको मूल्य स्थिर छ ।

    आज कारोबारमा आएका १३ वटै उपसमूहहरूको सूचक सकारात्मक देखिएको छ । अन्यको २.२८ प्रतिशतले सूचक बढेको हो भने माइक्रोफाइन्यान्सको २.१४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल एन्ड टुरिजमको १.५८ प्रतिशत र विकास बैंकको १.५३ प्रतिशतले बढेको छ ।

    बुधबार नेष्डो समृद्धि लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको छ । आरएमडिसी लघुवित्त वित्तिय संस्थाको सेयर ८.९८ प्रतिशतले बढेको छ । यसबाहेक अन्य संस्थाको सेयर भने ८ प्रतिशतभन्दा कमले मात्रै बढेको छ ।


    बुधवार, चैत्र ३० २०७८०४:२३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij