Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको खाली जग्गा भूमाफियाहरुको कब्जामा छ : प्रधानमन्त्री देउवा

काठमाडौंको खाली जग्गा भूमाफियाहरुको कब्जामा छ : प्रधानमन्त्री देउवा

  • मंगलवार, चैत्र २९ २०७८

  • 546
    SHARES

  • काठमाडौंको खाली जग्गा भूमाफियाहरुको कब्जामा छ : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरूको कब्जामा रहेको बताएका छन्।

    मंगलबार(आज) शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

    उनले काठमाडौंका खाली ठाउँहरुमा भूमाफियाहरुले आफ्नो नाममा लिने काम भइरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताए। यसलाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खाली ठाउँ नहुने देउवाको चिन्ता छ। प्रधानमन्त्री देउवाले काठमाडौंमा फोहोरको समस्या जटिल बन्दै गएको भन्दै फोहोरबाट विद्युत र ग्याँस निकालेर व्यवस्थापन गर्नुपर्ने बताए।उनले फोहोर व्यवस्थापन हुन नसक्दा सरकार नै लाजमर्दो भइरहकेो टिप्पणी गरे।

    ‘अहिले काठमाडौंमा जुन किसिमको फोहोर नै फोहोर छ। व्यवस्थापन भएको छैन। यसलाई व्यवस्थापन गर्न जरुरी छ। ग्याँस निकाल्न सकिन्छ, बिजुली निकाल्न सकिन्छ। मैले आफैंले देखेर आएको छु धरानमा’, प्रधानमन्त्री देउवाले भने, ‘फोहोरका थुप्रोलाई व्यवस्थित गरेर बिजुली निकाल्ने सम्भावना छ। विदेशी राजदूतहरुले पनि हामी त्यसका लागि काम गर्न तयार छौँ भनेका छन्।’

    प्रधानमन्त्री देउवाले अहिले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहीतालाई ध्यान दिएर मात्रै काम गर्ने प्रतिवद्धता समेत जनाए।


    मंगलवार, चैत्र २९ २०७८०२:५६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij