Sep 20 2026 | २०८३, आश्विन ४ गते

२०८३, आश्विन ४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा सदस्य दाहालले लिए शपथ

राष्ट्रियसभा सदस्य दाहालले लिए शपथ

  • मंगलवार, चैत्र २९ २०७८

  • 671
    SHARES

  • राष्ट्रियसभा सदस्य दाहालले लिए शपथ

    काठमाडौँ । राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालले मंगलबार(आज) पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दाहाललाई दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा शपथ गराएका हुन्।

    शपथपछि अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई सङ्घीय संसद्को लोगो प्रदान गरेका थिए। अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई राष्ट्रियसभाको गरिमा उँचो राख्दै काम गर्न शुभकामना दिए।

    राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते दाहाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत गरेकी हुन्। सरकारले नेपालको संविधानको धारा, ८६ को उपधारा, (२) को खण्ड (ख) बमोजिम उनलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।


    मंगलवार, चैत्र २९ २०७८०१:४०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij