Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

शेयर बजार ४४ अङ्कले घट्यो, सवा २ अर्बको मात्रै कारोबार

शेयर बजार ४४ अङ्कले घट्यो, सवा २ अर्बको मात्रै कारोबार

  • सोमवार, चैत्र २८ २०७८

  • 735
    SHARES

  • शेयर बजार ४४ अङ्कले घट्यो, सवा २ अर्बको मात्रै कारोबार

    काठमाडौँ । साताको पहिलो कारोबार दिन आज सेयर बजार घटेको छ । आज सेयर बजारको परिसूचक ४४.५६ अंकले घटेर २,४१९.८० पुगेको हो ।

    दिनभर जम्मा २३३ कम्पनीको ५० लाख ९५ हजार ८३४ सेयर किनबेच हुँदा २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँ १४ पैसाको कारोबार भएको छ ।

    कारोबार भएका कुल कम्पनीमध्ये १७६ कम्पनीको मूल्य घटेको छ भने जम्मा १७ कम्पनीको मूल्य बढेको छ । बाँकी २ कम्पनीको मूल्य स्थिर छ । आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

    आज नेष्डो समृद्धि लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको छ । जल्पा सामुदायिक लघुवित्त वित्तिय संस्थाको सेयर भने ९.९९ प्रतिशतले बढेको छ । यीबाहेक अन्य संस्थाको सेयर भने ३ प्रतिशतभन्दा कमले मात्रै बढेको छ ।

    जीवनबीमा र अन्य समूहको शेयर मूल्यमा सबैभन्दा धेरै प्रतिशत गिरावट भएको छ । इमर्जिङ नेपाल लिमिटेडका शेयरधनीले प्रतिकित्ता शेयरमा आज ९.९८ प्रतिशतले गुमाएका छन् । यस्तै, राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले पनि ९.९२ प्रतिशतले गुमाएका छन् ।


    सोमवार, चैत्र २८ २०७८०३:५०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij