Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

१२औं डी सिने अवार्डमा ‘मारुनी’को वर्चस्व, पपुलर फिल्ममा ‘छ माया छपक्कै’

१२औं डी सिने अवार्डमा ‘मारुनी’को वर्चस्व, पपुलर फिल्ममा ‘छ माया छपक्कै’

  • सोमवार, चैत्र २८ २०७८

  • 851
    SHARES

  • १२औं डी सिने अवार्डमा ‘मारुनी’को  वर्चस्व, पपुलर फिल्ममा  ‘छ माया छपक्कै’

    काठमाडौं । १२औं डी सिने अवार्डमा फिल्म ‘मारुनी’को वर्चस्व देखिएको छ । यो सोसल ड्रामा फिल्मले फिल्म, निर्देशक, अभिनेताजस्ता मुख्य विधामा जित हासिल गरेको छ ।

    काभ्रेको धुलिखेलमा आयोजना गरिएको अवार्डमा नेपाली फिल्म र संगीत क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो । पुनम इन्टरटेनमेन्टले निर्माण गरेको फिल्म ‘मारुनी’बाट नवल नेपालले निर्देशन, पुष्प खड्काले अभिनेता र सञ्जय लामाले छायांकन विधामा जित दर्ता गरे ।

    अवार्ड ग्रहण गर्दै फिल्मकी निर्मात्री पूनम गौतमले भनिन्, ‘राम्रो फिल्म बनाएको खण्डमा मूल्यांकन हुँदोरहेछ भन्ने महसुस भएको छ । आगामी दिनमा अझै उत्कृष्ट फिल्म बनाउने वाचा गर्दछु ।’

    कार्यक्रममा ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ नेपाली फिल्मकी पहिलो नायिका भुवन चन्दलाई प्रदान गरियो । नगद २५ हजार, सम्मान पत्र र दोसल्लासहित उनलाई अवार्ड प्रदान गरिएको थियो ।

    छायाछवि चलचित्रकर्मी रजत सम्मान अभिनेता विजय लामा र झरना थापालाई प्रदान गरियो । यस्तै छायाछवि चलचित्र पत्रकारिता पुरस्कार रंग पत्रकार विष्णु सुवेदीलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित प्रदान गरियो ।

    अवार्ड विजेताको सूची

    पाश्र्व संगीत : एलिस कार्की (साङ्लो)

    ध्वनिमिश्रण : अमित श्रेष्ठ (जात्रैजात्रा)

    गीतकार : राजेन्द्र थापा (छ माया छपक्कै)

    पाश्र्व गायिका : इतु जोजीजु (मखमली मखमली)

    पाश्र्व गायक : कृष्ण काफ्ले (मारुनी)

    चलचित्र लोकसंगीत संगीतकार : वसन्त थापा – जुनको जुनेली (छ माया छपक्कै)

    संगीतकार : अर्जुन पोखरेल – सुन्यौ कि सुनेनौ (लभ डायरिज)

    उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज – एमजी रोडैमा (हजार जुनीसम्म)

    द्वन्द्व निर्देशक : श्री श्रेष्ठ (साङलो)

    हास्य कलाकार : केदारप्रसाद घिमिरे (छ माया छपक्कै)

    खलपात्र : प्रकाश शाह (साङ्लो)

    कथा : गोविन्द फुयाल (मारुनी)

    पटकथा : आशुतोष राज श्रेष्ठ (जाइरा)

    संवाद : रामबाबु गुरुङ/उपेन्द्र सुब्बा (कबड्डी कबड्डी कबड्डी)

    नवनायिका : रुविना थापा (लभ डायरिज)

    नवनायक : अंकित शर्मा (रातो टीका निधारमा)

    नवनिर्देशक : विराज भट्ट (साङ्लो)

    उत्कृष्ट चरित्र अभिनेत्री : मिथिला शर्मा (आमा)

    चरित्र अभिनेता : माओत्से गुरुङ (कबड्डी कबड्डी कबड्डी)

    सहअभिनेत्री : स्वस्तिमा खड्का (हजार जुनीसम्म)

    सहअभिनेता : जीतु नेपाल (छ माया छपक्कै)

    छायाँकार : सञ्जय लामा (मारुनी)

    सम्पादक : विपिन मल्ल (छ माया छपक्कै)

    अभिनेत्री : केकी अधिकारी (छ माया छपक्कै)

    अभिनेता : पुष्प खड्का (मारुनी)

    निर्देशक : नवल नेपाल (मारुनी)

    फिल्म : मारुनी

    प्रोत्साहन अवार्ड : क्षितिज सुवेदी (वीर विक्रम २)

    साउण्ड एडिटर : किशोर आचार्य (सानो मन)

    भीएफएक्स आर्टिस्ट : समिर मियाँ (साङ्लो)

    वर्षको पपुलर गायिका : मिलन नेवार –चरीले काफल (साङ्लो)

    निर्देशक : दीपेन्द्र लामा (छ माया छपक्कै)

    पपुलर फिल्म : छ माया छपक्कै


    सोमवार, चैत्र २८ २०७८०६:३७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij