Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगको बैठकः दलहरुसँग छलफल नै नगरी प्रतिबद्धता पत्रमा हस्ताक्षर खोजेपछि चर्काचर्की

निर्वाचन आयोगको बैठकः दलहरुसँग छलफल नै नगरी प्रतिबद्धता पत्रमा हस्ताक्षर खोजेपछि चर्काचर्की

  • मंगलवार, चैत्र २२ २०७८

  • 639
    SHARES

  • निर्वाचन आयोगको बैठकः दलहरुसँग छलफल नै नगरी प्रतिबद्धता पत्रमा हस्ताक्षर खोजेपछि चर्काचर्की

    काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न दलहरूलाई दबाब दिएपछि विवाद भएको छ । मंगलबार आयोगले आचारसंहिताबारे ७९ दललाई छलफलमा बोलाएको थियो । आयोगले दलहरूलाई आचारसंहितामाथि छलफल नगरी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न भनेको थियो ।

    छलफल नै नगरी हस्ताक्षर गर्न भनेपछि साना दलका नेता र प्रतिनिधिले विरोध जनाएका हुन् । सत्तारुढ गठबन्धन र ठूला दलको आदेशमा आयोग चलेको भन्दै साना दलले आयोगका पदाधिकारीविरुद्ध नाराबाजीसमेत गरेका छन् । बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विवाद नगर्न आग्रह गरे पनि विरोध जारी रहेको छ ।

    आयोगले दलका प्रमुख तथा प्रतिनिधिहरुलाई छलफलमा बोलाएको भए पनि कतिपय दलका अध्यक्ष र केन्द्रीय सदस्यहरु समेत उपस्थित भएका भन्दै केही दलहरुले आपत्ति समेत जनाएका थिए ।

    बैठकमा साना दलहरूले आपत्ति जनाउन थालेपछि अहिले बोल्न चाहने दलहरूलाई पाँचपाँच मिनेटको समय दिएर छलफल अगाडि बढाइएको छ ।

     


    मंगलवार, चैत्र २२ २०७८०१:२७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij