Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

'प्रचण्डलाई झ्याप समातेर घिस्याएर ल्याएकै हो, यसो छोडेको त गुरुरु टाप’ : ओली

'प्रचण्डलाई झ्याप समातेर घिस्याएर ल्याएकै हो, यसो छोडेको त गुरुरु टाप’ : ओली

  • सोमवार, चैत्र २१ २०७८

  • 891
    SHARES

  • 'प्रचण्डलाई झ्याप समातेर घिस्याएर ल्याएकै हो, यसो छोडेको त गुरुरु टाप’ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् । मानिसहरुले नबुझेर वामपन्थी भन्दा प्रचण्ड सम्झिने गरेको भन्दै उनले यदि प्रचण्ड कम्युनिस्ट हुन् भने आफू कम्युनिस्ट नभएको बताए ।

    सोमबार प्रोगेसिभ इन्जिनियरिङ एशोसिएसनको कार्यक्रममा ओलीले ओलीले भने, ‘नबुझेर मान्छेले के भनिदिन्छ भने म त वामपन्थी त हुन सक्दिन । के पनि भयो भने वामपन्थी भन्यो भने मान्छेले प्रचण्ड सम्झिन्छ, अनि कसरी हुन्छ ?’

    उनले अघि भने, ‘मैले एक पटक भनेको थिएँ भने यदि प्रचण्ड भन्ने मान्छे कम्युनिस्ट हुन् भने म कम्युनिस्ट होइन । म कम्युनिस्ट हुँदा प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन् ।’

    प्रचण्डको आलोचना गर्दै उनले भनेका छन्, ‘उहाँ अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ, म शान्तिको पक्षमा हुन्छु । उहाँ जातजातमा भिडाउन खोज्नुहुन्छ, म मिलाउन खोज्छु । उहाँ मधेस र पहाडलाई भिडाउन खोज्नुहुन्छ, म शान्ति कायम गरेर मेलमिलाप गरेर अगाडि बढाउनुपर्छ भन्छु । कसरी हुन्छ ? उहाँ यो धर्म र त्यो धर्म भनेर घृणाको खेती गर्न खोज्नुहुन्छ, म त्यो गर्दिनँ । उहाँ वामपन्थी आन्दोलन कमजोर पार्न काम गर्न हुनुहन्छ, म बलियो बनाउन लाग्छु । मैले एकता गराउने काम गरेँ, उहाँ फुटाएर हिड्नुभयो ।’

    एमाले अध्यक्ष ओलीले तत्कालीन नेकपा माओवादी केन्द्रलाई आफूले बलपूर्वक एकतामा ल्याएको समेत दाबी गरे । उनले भने, ‘झ्याप समातेर घिस्याएर ल्याएको हो, अब त ठीकै भयो होला भनेर यसो छोडेको त गुरुरु ‘टाप ।’


    सोमवार, चैत्र २१ २०७८०५:५१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij