Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको स्थानीय तह समन्वय विभागको केन्द्रीय सदस्यमा सोलुखुम्बका बस्नेत मनोनयन

कांग्रेसको स्थानीय तह समन्वय विभागको केन्द्रीय सदस्यमा सोलुखुम्बका बस्नेत मनोनयन

  • बुधवार, श्रावण २८ २०७७

  • 844
    SHARES

  • कांग्रेसको स्थानीय तह समन्वय विभागको केन्द्रीय सदस्यमा सोलुखुम्बका बस्नेत मनोनयन

    सोलुखुम्बु । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको केन्द्रीय सदस्यमा सोलुखुम्बुका युवा नेता गणेश बस्नेत मनोनित हुनुभएको छ ।
    कांग्रेसको विधान २०१७ को धारा २५ (९) बमोजिम पार्टी सभापति शेरबहादुर देउवाले सोताङ गाउँपालिका सभापति समेत रहनुभएका नेता बस्नेतलाई मनोनित गर्नुभएको हो ।

    पार्टीले मनोनित गरेकोमा खुसि व्यक्त गर्दै नेता बस्नेतले इमान्दारीतापूर्वक आफूलाई दिइएको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । पार्टीले आफ्नो योगदानको कदर गरेको भन्दै थप जिम्मेवारी काँधमा थपिएको नेता बस्नेतको भनाइ छ । पार्टीको विधान, नियमावली र निर्देशनलाई इमानदारीतापूर्वक आफ्नो कर्तव्य पूरा गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

    सभापति देउवाले आइतबार थप १० ओटा विभागहरु विस्तार गर्नुभएको थियो । सभापतिले माधिवेशन नजिकिँदै गर्दा विधानविपरीत विभाग विस्तार गरेको भन्दै कतिपय केन्द्रीय नेताहरुले लिखित रुपमै विरोध जनाएका छन् ।

    पार्टीको विधानअनुसार महाधिवेशन भएको ६ महिनाभित्रमा सबै विभागहरु गठन गरिसक्नुपर्ने भएपनि महाधिवेशन आउन ६ महिना बाँकी रहँदा सभापतिले विभाग विस्तारलाई तिव्रता दिएको भन्दै १२ केन्द्रीय सदस्यहरुले विरोध जनाएका छन् ।


    बुधवार, श्रावण २८ २०७७०३:०४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij