काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । मंगलबार(आज) दिउँसो ३ बजेका लागि बोलाइएको बैठक ५ बजेपछि सुरु भएको हो । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकका कारण प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा पाँच बजे मात्र सानेपा पुगेका थिए ।
शुक्रबारदेखि जारी बैठक स्थानीय तह निर्वाचनमा गठबन्धन र संसदीय समिति गठन लगायतका निर्णय गरेर आज सकिँदै छ । यसअघिका बैठकमा ‘घरघर जाऔं, नेपाली कांग्रेस जिताऔँ’ अभियानबाट फर्किएका केन्द्रीय प्रतिनिधिले जिल्लागत रिपोर्ट सुनाएका थिए ।
उनीहरुको रिपोर्टिङपछि पदाधिकारी सहित शीर्ष नेताले आ आफ्नो धारणा राखेका थिए । सोमबार धारणा राख्ने क्रम सकिएपछि आज बैठकले गठबन्धनका पक्षमा सैद्धान्तिक निर्णय लिन लागेको हो । यस्तै निर्वाचनमा उम्मेदवार छनोटका लागि संसदीय समिति गठन गर्न लागिएको छ ।