Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ सर्वसम्मत

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ सर्वसम्मत

  • मंगलवार, चैत्र १५ २०७८

  • 853
    SHARES

  • सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ सर्वसम्मत

    काठमाडौं - संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

    समितिले मंगलबार श्रेष्ठको सुनुवाइ गर्दै उनलाई सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको हो। सुनुवाइको क्रममा श्रेष्ठले सर्वोच्चमा ज्यादै समस्या आएको बताए।

    न्यायालयमा हुने भ्रष्टाचार र अनियमितता रोक्न राष्ट्रिय न्यायिक अनुसन्धान र जाँच आयोग गठन गर्नुपर्ने उनले बताए।

    सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले भने, ‘न्यायालयमा हुने भ्रष्टाचार र अनियमितता रोक्न राष्ट्रिय न्यायिक अनुसन्धान र जाँच आयोग गठन गर्नुपर्छ। जसले न्यायाधीश र कर्मचारीको निगरानी अनुसन्धान र जाँच गर्छ।’

    सर्वोच्चमा मुद्दा धेरै भएकोले गर्दा न्याय ढिलो भएको उनले धारणा राखे। ‘बक्यौता नियन्त्रणका लागि कि न्यायाधीश संख्या बढाउनु पर्यो, कि कार्य समय बढाउन पर्‍यो’, उनले भने।

    मुद्दा संख्या घटाउनका लागि सबै मुद्दा सर्वोच्च आउने प्रवृत्ति रोक्न जरूरी रहेको उनले औंल्याए। ‘तल्ला अदालतको क्षेत्राधिकार बढाएर पनि सबै मुद्दा सर्वोच्च अदालतमा आइपुग्नबाट रोक्नुपर्‍यो।’


    मंगलवार, चैत्र १५ २०७८०२:३३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij