काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच आज भेटवार्ता भएको छ ।
श्रीलंकाको राजधानी कोलम्बोमा जारी बिमस्टेकको १८ औं मन्त्रीस्तरीय बैठकको सिलसिलामा दुई देशका परराष्ट्रमन्त्रीहरूबीच भेटवार्ता भएको हो ।
बिमस्टेक बैठकको साइडलाइनमा दुई देशका परराष्ट्रमन्त्रीबीच कुराकानी भएको हो । दुवै मन्त्रीहरुबीच कनेक्टिभिटी, ऊर्जा, कृषि मल र स्वास्थ्यसम्बन्धी विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले जानकारी दिएका छन् ।
यस्तै
खड्का र जयशंकरबीच प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तीनदिने औपचारिक भ्रमणको सिलसिलामा देउवा चैत १८ गते भारतको राजधानी नयाँ दिल्ली जाँदैछन् ।