Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

लोसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

लोसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

  • मंगलवार, चैत्र १५ २०७८

  • 731
    SHARES

  • लोसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । 

    बबरमहलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बुधबार(भोली) दिउँसो १ बजे कार्यकारिणी समितिको बैठक बस्न लागेको सदस्य केशव झाले जानकारी दिए। पार्टी गठन भएपछि पहिलो पटक लोसपाले कार्यकारिणी समितिको बैठक बोलाएको हो।

    स्थानीयतहको निर्वाचन, पार्टीको सांगठनिक गतिविधि र चुनावी गठबन्धन लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको उनले बताए।

    उनका अनुसार पछिल्लो समसामयीक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुनेछ। बैठकमा कार्यकारिणी समितिका सदस्यहरुले देशभर पार्टी निर्माणको अवस्था र सांगठनिक अवस्थाका बारेमा आ–आफ्नो धारणा राख्ने छन्।


    मंगलवार, चैत्र १५ २०७८१२:३१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij