Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सरकारमा सहभागिताबारे निर्णय लिन लोसपाले बैठक बोलायो 

सरकारमा सहभागिताबारे निर्णय लिन लोसपाले बैठक बोलायो 

  • आइतवार, चैत्र १३ २०७८

  • 587
    SHARES

  • सरकारमा सहभागिताबारे निर्णय लिन लोसपाले बैठक बोलायो 

    काठमाडौं – संघीय सरकारमा सहभागी हुने विषयमा छलफल गरेर निर्णय लिनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । लोसपाको केन्द्रीय कार्यालयमा चैत १६ गतेको लागि बैठक बोलाइएको हो ।

    सो बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफल गरेर निर्णय लिइने कार्यकारिणी समितिका एक सदस्यले बताए ।

    प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा आउनका लागि आग्रह गरेपछि छलफल हुन लागेको हो । देउवाको प्रस्तावपछि लोसपाका केही नेताले स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी गराउनुपर्ने बताएका छन् । त्यो प्रस्तावमा समेत प्रधानमन्त्री देउवा सकारात्मक रहेको कारण पार्टीको बैठकबाट नै निर्णय गर्न ला
    गेको ती नेताको भनाइ छ ।

    पार्टीबाट निर्णय भएपछि कतिवटा मन्त्रालय लिने, कुन कुन मन्त्रालय लिने लगायतको विषयमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने बताइएको छ । अहिलेको रक्षा मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रिक्त छ ।

    यी दुइटै मन्त्रालय लोसपालाई दिने लगभग निश्चित नै छ । तर लोसपा आएको खण्डमा मन्त्रिमण्डल पुनर्गठन गरेर जिम्मेवारी हेरफेर हुनसक्ने बताइएको छ ।

    लोसपाको बैठकमा स्थानीय चुनावका सम्बन्धमा पार्टीको रणनीतिको विषयमा पनि छलफल हुने छ । जसपाले हालै मधेश प्रदेश र लुम्बिनी प्रदेशमा चारवटा प्रशिक्षण कार्यक्रम सकाएको छ । त्यसको पनि समीक्षा हुने बताइएको छ ।

     


    आइतवार, चैत्र १३ २०७८०५:४२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij