Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा

कांग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा

  • आइतवार, चैत्र १३ २०७८

  • 768
    SHARES

  • कांग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।

    आइतबारको बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न आग्रह गरेका हुन् ।
    उनले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको तर सुधारको प्रयास नभएकाले अर्थमन्त्रीलाई मन्त्रीबाट हटाउनुपर्ने बताए ।

    'अर्थमन्त्री असक्षम भइसक्नुभयो । त्यसैले उहाँलाई गठबन्धमा कुरा गरेर प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्दछ । वा उहाँको राजीनामा माग्नुपर्छ भनेर मैले बैठकमा आफ्नो कुरा राखेको छु', उनले भने ।


    आइतवार, चैत्र १३ २०७८०५:१३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij