Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेप्से ४१ अंकले घट्यो, बीमा कम्पनीहरुमा भने आकर्षण

नेप्से ४१ अंकले घट्यो, बीमा कम्पनीहरुमा भने आकर्षण

  • आइतवार, चैत्र १३ २०७८

  • 1.1K
    SHARES

  • नेप्से ४१ अंकले घट्यो, बीमा कम्पनीहरुमा भने आकर्षण

    काठमाडौं । साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४१ अंकले घटेको छ । नेप्से परिसूचक ४१.४३ अंकले घटेर २ हजार ५ सय ७२.२३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ५५ अंकले घटेको छ ।

    कारोबार रकम भने ५ अर्ब नजिक पुगेको छ । दिनभर भएका ६२ हजार १६४ कारोबारबाट ८९ लाख २३ हजार १४ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४ सय १६ रुपैयाँ पुगेको छ ।

    समग्रमा बजार घटे पनि बीमा कम्पनीहरुको सेयर मूल्य भने बढेको छ । बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निणर्य गरेको छ । समितिको निणर्य अनुसार हाल २ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकिएको जीवन बीमा कम्पनीहरुले ५ अर्ब र हाल १ अर्ब रुपैयाँमात्रै चुक्ता पुँजी तोकिएका निर्जिवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउनु पर्नेछ ।

    बीमा समितिको पुँजी वृद्धिको निणर्य पछि धेरै निर्जिवन बीमा कम्पनीहरुको सेयर मूल्य बढेको छ । सानिमा जनरल इन्स्यारेन्स, जनरल इन्स्यारेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी, अजोड इन्स्यारेन्स लगायतका कम्पनीहरुको सेयर मूल्य बढेको छ ।


    आइतवार, चैत्र १३ २०७८०४:५४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij