Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय गर्छ : रामचन्द्र पौडेल

गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय गर्छ : रामचन्द्र पौडेल

  • आइतवार, चैत्र १३ २०७८

  • 762
    SHARES

  • गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय गर्छ : रामचन्द्र पौडेल

    काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी गठबन्धनबारे जारी केन्द्रीय समिति बैठकबाट नीतिगत निर्णय हुने बताएका छन्।

    वैशाखमा हुने स्थानीय चुनावमा कुन स्थानीय तह कसले लिने भन्नेबारेमा पछि नै निर्णय हुने पनि उनले बताए।

    आज सानेपामा पत्रकारहरूसँगको कुराकानीका क्रममा पौडेलले पाँचदलीय गठबन्धनलाई बचाएर चुनावसम्मै लैजानुपर्ने अवस्था रहेको बताए।

    ‘गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय गर्छ,’उनले भने, ‘कुन स्थानीय तह कसले लिने भन्ने त पछि नै थाहा हुन्छ।’

    कांग्रेस केन्द्रीय समिति बैठक गत शुक्रबारदेखि सुरू भएको थियो । आज पनि बैठक बसिरहेको छ। बैठकमा जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिले बस्तुगत अवस्थाबारे जानकारी गराइरहेका छन्।

    ‘धेरै केन्द्रीय सदस्यहरूको धारणा गठबन्धनको आवश्यकता छ भन्ने नै देखिएको छ,’ उनले भने, ‘कहाँ लिने र कहाँ छाड्ने भन्ने पछि सल्लाह होला। तर यो बैठकले तालमेलको पक्षमा गठबन्धन बचाएर लैजानुपर्छ भन्ने नीतिगत निर्णय लिन्छ।’


    आइतवार, चैत्र १३ २०७८०४:२१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij