Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मुलुकको सुशासनका लागि गठबन्धनलाई प्रयोग गर्नुपर्छ : मन्त्री झाँक्री

मुलुकको सुशासनका लागि गठबन्धनलाई प्रयोग गर्नुपर्छ : मन्त्री झाँक्री

  • आइतवार, चैत्र १३ २०७८

  • 821
    SHARES

  • मुलुकको सुशासनका लागि गठबन्धनलाई प्रयोग गर्नुपर्छ : मन्त्री झाँक्री

    काठमाडौं - सहरी विकासमन्त्री एवम नेकपा एकीकृत समाजवादीका नेता रामकुमारी झाँक्रीले गठबन्धनको मोर्चालाई मुलुकको सुशासनका निम्ति प्रयोग गर्नुपर्ने बताएकी छिन् ।

    आइतबार पार्टी निकट मुस्लिम इत्तेहाद संगठनको भेलामा सम्बोधन गर्दै झाँक्रीले भनिन्, ‘अहिले गठबन्धनको मोर्चा छ । र, यो मोर्चालाई मुलुकको सुशासनका लागि, राजनीतिक प्रणालीको स्थायित्वका लागि र लोकतन्त्रको प्रवद्धनको लागि यसलाई प्रयोग गर्नुपर्छ ।’

    गठबन्धन कतातर्फ जाने भन्ने कुरा गठबन्धनकै सहयात्री दलहरुको निर्णयमा भर पर्ने उनको भनाइ छ ।


    आइतवार, चैत्र १३ २०७८०२:४३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij