Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पदकै लागि बादल लगायतका नेता एमालेमा गएको शिक्षामन्त्री पौडेलको आरोप

पदकै लागि बादल लगायतका नेता एमालेमा गएको शिक्षामन्त्री पौडेलको आरोप

  • आइतवार, चैत्र १३ २०७८

  • 518
    SHARES

  • पदकै लागि बादल लगायतका नेता एमालेमा गएको शिक्षामन्त्री पौडेलको आरोप

    काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् ।

    “बादल, टोपबहादुरलाई पार्टीले सरकारमा पठाएको थियो,” मन्त्री पौडेलले भने, “पार्टीलाई धोका दिइ पदकै लागि एमालेमा जानुभयो, अहिले माओवादीलाई सराप्दै हुनुहुन्छ ।”

    आगामी स्थानीय तहको चुनावमा गठबन्धनका प्रयास भइरहेको बताउँदै पहिले आफू मजबुद हुनपर्ने बताए । “आफ्नो उम्मेदवार तयार गरी अघि बढ्ने कुरा पहिलो हो,” मन्त्री पौडेलले भने, “आफ्नो पार्टी मजबुद भएपछि अन्य दल गठबन्धन गर्न आउँछन् ।”

    देशको परिर्वतनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न गठबन्धन गरेको बताए । माओवादीको लामो संघर्षपछि आएको परिवर्तनमा अन्य पार्टीले रजाइँ गरेको बताउँदै पार्टीको पुनर्गठनमा लागेको उनले बताए ।

    माओवादीले केन्द्रीय महाधिवेशनपछि गैरभौगलिक सहित १० प्रदेशमा प्रशिक्षण सकिसकेको भन्दै पार्टीले कार्यसम्पादनका लागि कमाण्ड तयार परेको उल्लेख गरे । प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाबाट विक्रम अचार्यसहितका युवा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।


    आइतवार, चैत्र १३ २०७८०२:२६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij