Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

नामकरणको मुद्दा संसदमा प्रवेश नगरी सकियो प्रदेश १ को हिउँदे अधिवेशन

नामकरणको मुद्दा संसदमा प्रवेश नगरी सकियो प्रदेश १ को हिउँदे अधिवेशन

  • आइतवार, चैत्र १३ २०७८

  • 353
    SHARES

  • नामकरणको मुद्दा संसदमा प्रवेश नगरी सकियो प्रदेश १ को हिउँदे अधिवेशन

    काठमाडौं – प्रदेश सभाको हिउँदे अधिवेशनमा सकेसम्म प्रदेशको नाम टुंग्याउने, त्यो सम्भव नभए नामको विषय संसदमा प्रवेश गराउने प्रतिवद्धताविपरीत प्रदेश-१ सरकारले संसद अधिवेशन टुंग्याएको छ।

    सरकारले आइतबार राति १२ बाट प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको नवौं तथा हिउँदे अन्त्य गर्ने निर्णय गरेको हो।

    गएको दसैंअघि नै सुरू भएको संसद्को हिउँदे अधिवेशन तत्कालीन मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन आह्वान गरेका थिए । उनले विश्वासको मत नलिई राजीनामा दिएपछि राजेन्द्र राई मुख्यमन्त्री बनेका थिए।

    पाँच दलीय गठबन्धनको नेतृत्व गरेर मुख्यमन्त्री बनेका राई र गठबन्धनका अन्य नेताहरू सबैले हिउँदे अधिवेशनबाट नामकरण टुंगो लगाउने बताउँदै आएका थिए। यसबीचमा नामकै विषयमा सर्वपक्षीय एउटा छलफल आयोजना गरेको सरकारले मन्त्रीको नेतृत्वमा नामबारे संवाद समिति पनि बनाएको छ। यद्यपी नामकरणको मुद्दा संसदमा प्रवेश गराउने काम भने सरकारले गरेन।

    आजको मन्त्रिपरिषद बैठकले प्रदेश सभाको बैठक अन्त्य गर्ने निर्णय गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाउने निर्णय गरेको यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए।

    सत्ता गठबन्धनका नेताहरुले नामका बारे अझै छलफल जारी रहने र सहमतिका आधारमा बर्खे अधिवेशनमा नामकरण टुंग्याउने बताएका छन्।


    आइतवार, चैत्र १३ २०७८०२:१३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij