Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

  • आइतवार, चैत्र १३ २०७८

  • 799
    SHARES

  • एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

    विदेशमन्त्री वाङलाई अध्यक्ष ओलीले नक्सालस्थित मेरियट होटलमा गएर भेटेका हुन् । भेटघाटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विदेश विभागका प्रमुख राजन भट्टराईसहितको टोलीसमेत सहभागी थियो ।

    तीन दिने नेपाल भ्रमणमा रहेका विदेशमन्त्री वाङले आइतबार(आज) बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । शीतल निवासमा उनीहरुले शिष्टाचार भेटवार्ता गरेका हुन् । उनी आइतबार दिउँसै बेइजिङ फर्कने कार्यक्रम छ ।

     

     


    आइतवार, चैत्र १३ २०७८१२:४५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij