Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बेलायतमा स्मिता दाहालको मुख्य प्रस्तुती रहने “शुभकामना साँझ” आयोजना गरिने

बेलायतमा स्मिता दाहालको मुख्य प्रस्तुती रहने “शुभकामना साँझ” आयोजना गरिने

  • शुक्रवार, चैत्र ११ २०७८

  • 1.4K
    SHARES

  • बेलायतमा स्मिता दाहालको मुख्य प्रस्तुती रहने “शुभकामना साँझ” आयोजना गरिने

    काठमाडौँ । नेपाली नयाँ वर्षको अवसरमा आगामी बैशाखमा बेलायतको लण्डनमा नेपाली सांस्कृतिक कार्यक्रम “शुभकामना साँझ” हुने भएको छ ।  चर्चित गायिका स्मिता दाहालको मुख्य प्रस्तुती रहने कार्यक्रम अप्रिल २४ तारिखका दिन गर्ने तय भएको कार्यक्रम संयोजक रघु दाहालले जानकारी दिनुभयो ।

    चितवन एड ट्रष्ट (क्याट) युकेको आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुन पनि बेलायतमा रहेका सबै नेपालीलाई कार्यक्रम संयोजक दाहालले अनुरोध गर्नुभएको छ ।  क्याट युकेका उपाध्यक्ष समेत रहनु भएका दाहालले नेपाली कला संस्कृतिको संरक्षण तथा प्रर्वद्धन गर्ने र बेलायतमा रहेका नेपालीहरूको आपसी सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । 

    276015737_684153106054162_4815067231033479383_n.jpg

    झण्डै दुई दशकदेखि बेलायतमा रहनु भएका सक्रिय युवा समाजसेवी दाहालले यसअघि पनि धेरै कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउनु भएको छ ।  उहाँका अनुसार झण्डै चार सय गीतमा स्वर भरिसकेकी गायिका दाहाल निकै लोकप्रिय रहेको र चितवनकै भएकाले उहाँको मुख्य प्रस्तुती रहने भएको हो । 

    ह्यारो बोरो फुटबल क्लबमा स्थानीय समय अनुसार दिउसो ३ बजेदेखि बेलुका ९ बजेसम्म कार्यक्रम हुने तय गरिएको संयोजक दाहालले जानकारी दिनुभयो ।  झण्डै ११ वर्षको उमेरदेखि नै गीत गाउन थाल्नु भएकी स्मिताले तीन गीतमा आफै अभिनय समेत गर्नुभएको छ । मालिङ्गो शीर्षकको गीतमा त उहाँले महानायक राजेश हमालसँग अभिनय गर्नुभएको छ । आफूलाई गायनसँगै अभियानमा समेत रुचि रहेको र दुवै भूमिकामा राम्रो प्रतिक्रिया पाउने गरेको उहाँले बताउनु भएको छ ।


    शुक्रवार, चैत्र ११ २०७८०७:५५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij