Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देलविस र राजले पुनः फर्काए धिरज राईलाई सांगीतिक क्षेत्रमा (भिडियोसहित)

देलविस र राजले पुनः फर्काए धिरज राईलाई सांगीतिक क्षेत्रमा (भिडियोसहित)

  • बुधवार, चैत्र ९ २०७८

  • 1.0K
    SHARES

  • देलविस र राजले पुनः फर्काए धिरज राईलाई सांगीतिक क्षेत्रमा (भिडियोसहित)

    काठमाडौं । गायक धिरज राईले आफ्नो करिब २५ बर्ष पुरानो चर्चीत गीत लुकी—लुकीको रि—रेकर्ड सार्वजनिक गरेका छन् । यो गीत संगै गायक राई करिब ५ बर्षपछि सांगीतिक क्षेत्रमा फर्किएका छन् ।

    पारिवारिक तथा अन्य कारण लामो समय सांगीतिक क्षेत्रबाट केहि पर रहेका गायक राई कुनै समय पप गीतका किङस्कारुपमा थिए । आफै शव्द बनाउने र आफै संगीत गर्ने कलामा पोक्त राईलाई पुनः सांगीतिक क्षेत्रमा भने कीर्तिपुरका दुई नव कलाकार देलविस दर्शनधारी र राज रोहण तुम्बाहाम्फे फकाएका हुन ।

    उनको चर्चीत पप गीत लुकी लुकी लाई नयाँ स्वरुपमा देलविस र राजले बजारमा ल्याएका हुन । ट्रि इन्टटेन्मेन्टको ब्यानरमा बनेको नयाँ म्यूजिक भिडियोमा देलविस, राज रोहण र आचल शर्मालाई देख्न सकिन्छ । भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् ।

    काठमाडौं ऐतिहासिक नगरी कीर्तिपुरमा एक कार्यक्रमको आयोजना गरि म्यूजिक भिडियो सार्वजनिक गरिएके थियो । करिब २५ बर्ष पुरानो गीतलाई पुनः जीवन दिएकोमा गायक राईले खुशी व्यक्त गरे । उनले भने कुनै समय पप गीतको एक जमाना थियो हरेक यूवा यूवतीको पहिलो रोजाइ थियो । त्यो समयमा निर्माण गरिएको भिडियोले गीतको भावलाई सम्मान गर्न नसकेका कारण अहिलेको यूवा पुस्ताकालागि पुनः गीत बजारमा ल्याएको हुँ ।

    अहिले प्रविधिको विकास छ, गीतले मागेको विषयबस्तुलाई प्रस्तुत गर्न सकिने स्रोत साधान रहेकाले गीतले थप जिवन पाएको उनको भनाई छ । गीत सार्वजनिक गर्दै कीर्तिपुरका मेयर रमेश महर्जनले आफ्नो युवा अवस्थामा धेरै सुनेको गीतलाई पुनः नयाँ प्रविधीमा सुन्न पाउदा खुशी व्यक्त गरे । उनिले करिब २५ बर्ष पुरानो तर, किनै चर्चीत गीतलाई कीर्तिपुरकै दुई युवा कलाकार देलविस र राजले उठाएको जिम्मेवारीको प्रशंसा गरे ।

    त्यस्तै, कीर्तिपुरकै उपमेयर सरस्वती खड्काले लुकी लुकी फेरी युवा पुस्ताको रोजाईमा पर्ने बताईन । कार्यक्रममा नायक शिव श्रेष्ठले भिडियोको प्रशंसा गरे । उनले अहिले युवा पुस्ताको रोजाई अनुसार अघि बढ्नु पर्ने भएकाले सोहि अनुरुप मनोरञ्जनको क्षेत्रको विकास गर्दै अघि बढ्नु पर्ने बताए ।

    ट्रि इन्टटेन्मेन्टका प्रवन्ध निर्देशक दिपक नेपालीले बजारको माग अनुसार म्यूजिक भिडियो तयार गरेकाले सबैको रोजाईमा पर्ने बताए ।

     


    बुधवार, चैत्र ९ २०७८१०:४५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij