Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

खनालप्रति ओलीको टिप्पणीः एमालेको भोटले जित्ने, एमालेकै बाकस खाली गर्छु भन्ने ?

खनालप्रति ओलीको टिप्पणीः एमालेको भोटले जित्ने, एमालेकै बाकस खाली गर्छु भन्ने ?

  • आइतवार, चैत्र ६ २०७८

  • 597
    SHARES

  • खनालप्रति ओलीको टिप्पणीः एमालेको भोटले जित्ने, एमालेकै बाकस खाली गर्छु भन्ने ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालप्रति कटाक्ष गरेका छन् ।

    आइतबार इलामको फिक्कलमा आयोजित कार्यक्रममा उनले एमालेले लगाइदिएको जुँगाको ताउ लगाएर हिँडेको भन्दै खनालप्रति कटाक्ष गरेका हुन् ।

    शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले आउँदो चुनावमा ओलीको बाकस खाली हुने बताएका थिए ।

    त्यसको जवाफमा ओलीले भने, ‘नेकपा एमालेले लगाइदिएको जुँगामा ताउ लगाउने अहिले अनि एमालेको बाकस खाली हुन्छ भन्ने रु बाकस कसको खाली हुन्छ म भन्दिन तपाईहरुले जवाफ दिनुपर्छ आउँदो वैशाख ३० गते’ उनले भने ।

    एमालेका कार्यकर्ताको बलमा चुनाव जितेकाहरु राजीनामा दिनुको सट्टा एमालेविरुद्ध नै लागेको ओलीले टिप्पणी गरे ।

    ‘हेर्नुस् त एमालेका कार्यकर्ताले खियाएका जुत्ता चप्पलको मूल्य, बगाएको पसिनाको मूल्य, छोडेका कामको मूल्य, रोजगारीमा नगएर अन्तरे जन्तरेलाई भोट हाल्दा खर्चिएको समय कार्यकर्ताको मेहनत त्यो कुरा सबै बिर्सिएर त्यसको भत्ता खाइराखेर र राजीनामा गर्नुपर्दैन कमसेकम त्यसबट अलग हुनुपर्दैन ?’ ओलीले प्रश्न गरे ।

    उनले अघि भने, ‘एमालेले लगाइदिएको एमपीको सांसदको फुली बोकेर मेयरको फुली बोकेर, एमालेलाई फिर्ता गर्नुपर्दैन रु विचार गर्नुस् : कति साह्रो लाजमर्नु रु कमसेकम नेकपा एमालेले टाँसिदिएको जुँगा खौरेर छोड्नुपर्छ नि !’


    आइतवार, चैत्र ६ २०७८०३:४०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij