काठमाडौँ । साताको पहिलो कारेबार दिन आइतबार(आज) सेयर कारोबार मापक परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४.६७ अंकले घटेर २ हजार ६ सय १६ अंकमा झरेको हो । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.०१ अंकले घटेको छ ।
नेप्से परिसूचक घटेसँगै कारोबारमा पनि धेरै वृद्धि देखिएन । दिनभर भएका ३५ हजार २१२ कारोबारबाट २२४ कम्पनीका ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँमा रोकिएको छ ।