Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

शनिबार बस्ने गरी नेकपा स्थायी कमिटी बैठक स्थगित

शनिबार बस्ने गरी नेकपा स्थायी कमिटी बैठक स्थगित

  • बिहिवार, आषाढ १८ २०७७

  • 908
    SHARES

  • शनिबार बस्ने गरी नेकपा स्थायी कमिटी बैठक स्थगित

    काठमाडौँ । नेकपा स्थायी कमिटी बैठक सकिएको छ । बैठक शनिबार बस्ने गरी स्थगित भएको हो । बिहीबार बिहान ११ बजे बसेको बैठक मन्त्रिपरिषद् बैठकका कारण केही घन्टा रोकिएको थियो ।

    शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले छलफल गर्ने, पार्टीको यो संकटलाई समाधान गर्न अधिकतम् कोसिस गर्ने भनेर बैठक एक दिनको समय राखेर आजको बैठक सकिएको हो ।

    ’सदन स्थगित नगर्नुस् भनेका थियौं । हुन्छ पनि भन्नु भयो तर अचानक स्थगित गर्नुभयो । मुखले एकातिर भनेर काम अर्कोतिर गर्नुभयो’ दाहालले ओलीलाई भनेका थिए । जवाफमा ओलीले ’संसद् स्थगित भए गरे के बिग्रियो र । एकरदुई दिन अध्यादेश नल्याउँला नि !,’ ओलीसँगको छलफलबारे दाहालले बैठकमा उक्त ब्रिफिङ गरेका थिए ।


    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपाको स्थायी कमिटी बैठक पनि प्रभावित भएको हो । मन्त्रिपरिषद् बैठक बस्नु प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास जानुभएको थियो ।

     


    बिहिवार, आषाढ १८ २०७७०४:३२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij