Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चुनाव केन्द्रित हुन सांसदहरुलाई ओलीको निर्देशन

चुनाव केन्द्रित हुन सांसदहरुलाई ओलीको निर्देशन

  • बुधवार, चैत्र २ २०७८

  • 642
    SHARES

  • चुनाव केन्द्रित हुन सांसदहरुलाई ओलीको निर्देशन

    काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरुलाई स्थानीय तह निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ ।

    बुधबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई चुनाव केन्द्रित हुन र गाउँ गाउँ जान निर्देशन दिए ।

    उनले गाउँ गएर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा प्रष्ट राख्न आग्रह गरेका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

    सांसदहरुलाई आफ्नो हैसियत र मर्यादा नखोजी जनताको नङमासु जस्तो भएर काम गर्न पनि ओलीले सांसदहरुलाई निर्देशन दिएका छन् ।

    अध्यक्ष ओलीले स्थानीय चुनावमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानमा विजय हासिल गर्ने दावी गरे । उनले केही ठाउँमा तालमेल भए पनि अधिकांश ठाउँमा एमाले एक्लै प्रतिस्पर्धा गर्ने पनि बताएका भट्टराईले जानकारी दिए ।


    बुधवार, चैत्र २ २०७८०५:४३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij