Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कार्यकर्तालाई प्रचण्डको निर्देशन : गठबन्धनबाट आश गरेर जितौंला र खाउँला भन्ने दिमागबाट हटाउनुस्

कार्यकर्तालाई प्रचण्डको निर्देशन : गठबन्धनबाट आश गरेर जितौंला र खाउँला भन्ने दिमागबाट हटाउनुस्

  • बुधवार, चैत्र २ २०७८

  • 846
    SHARES

  • कार्यकर्तालाई प्रचण्डको निर्देशन : गठबन्धनबाट आश गरेर जितौंला र खाउँला भन्ने दिमागबाट हटाउनुस्

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डले गठबन्धन गरेर निर्वाचन जित्छौं' भन्ने सोच हटाउन निर्देशन दिएका छन्।

    माओवादीको उपत्यका विशेष समन्वय समिति, सम्पर्क समन्वय समिति, प्रवास समन्वय समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नै तागतको बलमा चुनाव जित्ने आत्मविश्वास लिनुपर्ने बताए।

    गठबन्धनबाट आश गरेर जितौंला र खाउँला भन्ने दिमागबाट हटाइदिनुस्। गठबन्धन हुन्छ, उनीहरूले हामीलाई छोड्छन्, हामीले चुनाव जित्छौं र हामी फेरि भोलि पनि राम्रै पोजिसनबाट हुन्छौं भन्ने दिमागबाट हटाइदिनू,'उनले भने, 'हामी आफैं नमरी स्वर्ग देखिँदैन। आफ्नै खुट्टामा, आफ्नै तागतको बलमा हामीले चुनाव जित्छौं भन्ने आत्मविश्वासको साथ हामी अगाडि बढ्नुपर्छ। हामीले सबैले यो लडाइँ जित्न सबै तागत लगाउनुपर्छ भन्ने अर्थमा बुझ्न जरूरी छ।'

    प्रचण्डले दुइटा बुर्जुवा पार्टी पालैपालो शासन गर्ने र अरूलाई सिध्याउने षडयन्त्र भएको समेत आरोप लगाए।

    आउने सबै निर्वाचन पार्टीको लागि जीवन मरणको लडाइँ भएको समेत उनले बताए।

    'दुइटा बुर्जुवा पार्टी पालैपालो शासन गर्ने, अरू क्रान्तिकारी पार्टी जनपक्षीय पार्टी उत्पीडित हक अधिकार र पहिचानको कुरा गर्ने पार्टीलाई सिध्याउने षडयन्त्र छ,'उनले भने,'आउने निर्वाचन चाहे त्यो स्थानीय तहको होस् चाहे, त्यो संघ र प्रदेशको होस्, हाम्रो लागि सामान्य औपचारिक निर्वाचनमात्रै रहेको छैन। हाम्रो लागि यो ुलाइफ एण्ड डेथुको लडाइँ भएर आउँदैछ।'


    बुधवार, चैत्र २ २०७८०५:२५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij