Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

इन्जिनियरको निर्वाचनमा फर्जी मत पाइएको भन्दै उजुरी

इन्जिनियरको निर्वाचनमा फर्जी मत पाइएको भन्दै उजुरी

  • मंगलवार, चैत्र १ २०७८

  • 723
    SHARES

  • इन्जिनियरको निर्वाचनमा फर्जी मत पाइएको भन्दै उजुरी
    काठमाडौं। नेपाल इन्जिनियर्स एसोसिएनको मधेस प्रदेशको मतपत्र छानबिन गर्न माग गर्दै धनुषा प्रशासन कार्यालयमा उजुरी दर्ता गरेको छ ।
     
    अध्यक्षको प्रत्यासी रहेका गौरी पण्डितसहित उनको प्यानलले प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका हुन् । मतगणनाको क्रममा ७५ बढी मत शंकास्पद रहेको जनाउँदै छानबिन गर्न माग गरिएको छ।
     
    असन्तुष्ट पक्षले मतगणना स्थलमा ताला लगाएको अध्‍यक्षका उम्‍मेदवार भने, ‘ हाम्रो पुरै प्‍यानलले अग्रता लिइरहेको थियो । सिडेनले फर्जी मतहरु प्रयोग गरेको देखिएको छ।’
     
    शंकास्पद मतपत्रको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याएपछि मात्रै मत गणना गर्न निवदेक पक्षले माग गरेको छ। पण्डितको प्यानलले स्वतन्त्र उम्मेदवारी दिएको छ। फागुन २७ मा सम्पन्न मतदान विवाद हुँदा नतिजा सार्वजनिक हुन सकेको छैन।
     
    मधेस प्रदेश सहित केन्द्र र बागमती प्रदेशको मत परिणाम सार्वजनिक भएको छैन। अन्य पाँच प्रदेशमा कांग्रेस निकट इन्जिनियरहरुको संस्था सिडेन विजयी भएको छ।
     
    हेर्नुस् उजुरी 
     
    Engineers-Ujuri-darta.jpg


    मंगलवार, चैत्र १ २०७८०५:३७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij