Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विदेश जान दैनिक १२ सय विद्यार्थीले लिन्छन् एनओसी

विदेश जान दैनिक १२ सय विद्यार्थीले लिन्छन् एनओसी

  • मंगलवार, चैत्र १ २०७८

  • 634
    SHARES

  • विदेश जान दैनिक १२ सय विद्यार्थीले लिन्छन् एनओसी

    काठमाडौं । पछिल्ला दिनमा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या अत्यधिक बढेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार एक सतायता दिनमा एक हजारदेखि १२ सय जना विद्यार्थी वैदेशिक अध्ययन अनुमति पत्र लिन आउने गरेका छन् ।

    शाखा प्रमुख हरिप्रसाद निरौलाले अष्ट्रेलिया, जापान, बेलायत, क्यानडा, भारतलगायतका देशमा पढ्न जाने विद्यार्थीको संख्या अत्यधिक देखिएको बताए । ‘पछिल्लो साता चाप अस्वाभाविक रुपमा बढेको छ । हामीले सबैलाई सेवा दिनै समस्या भइरहेको छ’ उनले भने ।

    विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले शिक्षा मन्त्रालयबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । त्यसैले विदेश पढ्न जानेहरुले मात्र यो प्रमाणपत्र लिने गर्छन् ।

    विदेश पढ्न जाने विद्यार्थीहरुको चाप नेपालको उच्च शिक्षा क्षेत्रका लागि चुनौती भएको शाखा प्रमुख निरौलाले बताए । ‘यही संख्यामा विद्यार्थी विदेश पढ्न गइरहने हो भने पाँच वर्षपछि नेपालको उच्च शिक्षा कस्तो होला ?’ उनले प्रश्न गरे ।

    विद्यार्थीको चाप बढेकै कारण मन्त्रालयको एनओसी शाखाले विद्यार्थीहरुको प्रमाणपत्रको भेरिफिकेसन अनलाइन प्रविधिबाट मात्र गर्ने निर्णय गरेको छ । भौतिक रुपमा अत्यधिक चाप बढेकाले अनलाइन माध्यमबाट मात्रै भेरिफिकेसन गर्न थालिएको शाखा प्रमुख निरौलाले बताए ।

    शाखाले एक सूचना जारी गर्दै प्रमाणपत्र भेरिफिकेसन भएको नोटिफिकेसन इमेल वा एसएमएसमा आएपछि सक्कल कागजात र प्रमाणित प्रतिलिपी लिएर एनओसी लिन आफैं उपस्थित हुन भनेको छ ।


    मंगलवार, चैत्र १ २०७८०२:२०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij