Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गठबन्धन नगरे कांग्रेसलाई नै घाटा हुन सक्छ : उपमहासचिव तुलाधर

गठबन्धन नगरे कांग्रेसलाई नै घाटा हुन सक्छ : उपमहासचिव तुलाधर

  • बिहिवार, फाल्गुण २६ २०७८

  • 681
    SHARES

  • गठबन्धन नगरे कांग्रेसलाई नै घाटा हुन सक्छ : उपमहासचिव तुलाधर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले नेपाली कांग्रेसको दोस्रो पंक्तिका नेताहरुले गठबन्धन गर्नुहुन्न भनेर उत्ताउलो कुरा गरेको टिप्पणी गरेका छन् ।

    बिहीबार पार्टीको केन्द्रीय समितिको बैठकमा उनले कांग्रेसको शीर्ष नेतृत्व गठबन्धनप्रति सकारात्मक भए पनि दोस्रो पंक्तिका नेताहरुले उत्ताउलो कुरा गर्ने गरेको टिप्पणी कांग्रेसभित्रै भइरहेको बताए ।

    ‘शीर्ष नेतृत्वले एउटा कुराकानी गर्ने, दोस्रो पंक्तिका केही नेताले उत्ताउलो बोल्ने जुन गरिरहनुभएको छ । त्यो सस्तो लोकप्रियताका लागि मात्र हो भन्ने कुरा उहाँहरुकै नेताहरुले भन्नुहुन्छ’ उपमहासचिव तुलाधरले भने ।

    ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन नगरे कांग्रेसलाई नै घाटा हुने उनले दावी गरे ।


    बिहिवार, फाल्गुण २६ २०७८०३:०९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij