काठमाडौं । सत्तासाझेदार दलल नेकपा (एकीकृत समाजवादी)को जारी केन्द्रीय कमिटीको बैठकमा सरकारमा सहभागी मन्त्रीका आरचणबारे प्रश्न उठेको छ ।
बुधबारदेखि काठमाडौंमा जारी बैठकमा समूहगत छलफलको निष्कर्ष राख्ने क्रममा केन्द्रीय सदस्यले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीका आचरणबारे प्रश्न उठाएका हुन् ।
बैठकमा सहभागी एक नेताले पार्टीको निर्देशन र आचारसंहिताविपरीत मन्त्रीले काम गर्ने गरेको र पार्टीसँगको तालमेल मिल्न नसकेकोलगायत प्रश्न उठेको जानकारी दिए ।
यसअघि, अध्यक्ष माधवकुमार नेपालले आचरणविपरीत कुनै पनि काम नगर्न संघीय तथा प्रदेशका मन्त्रीहरूलाई कडा निर्देशन दिएका थिए ।
अध्यक्ष नेपालले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि नौ समूह बनाएर केन्द्रीय सदस्यले छलफल गरेका छन् । सोको निष्कर्ष सुनाउने क्रम जारी छ ।