Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एक्लै चुनाव लड्दा हारिएको थियो, गठबन्धन रहिरहे अर्को सरकार पनि बन्ने अवस्था आउँछ : देउवा

एक्लै चुनाव लड्दा हारिएको थियो, गठबन्धन रहिरहे अर्को सरकार पनि बन्ने अवस्था आउँछ : देउवा

  • बिहिवार, फाल्गुण २६ २०७८

  • 784
    SHARES

  • एक्लै चुनाव लड्दा हारिएको थियो, गठबन्धन रहिरहे अर्को सरकार पनि बन्ने अवस्था आउँछ : देउवा

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनका दलहरूसँग चुनावी तालमेल गरेर जाने संकेत गरेका छन्।

    आज वीरगञ्जमा आयोजित कांग्रेसको कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलहरूलाई चिड्याउने कुरा नगर्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

    गठबन्धनले स्वीकार गरेर आफू प्रधानमन्त्री बनेको देउवाको भनाइ थियो।

    ‘गठबन्धनका साथीहरूलाई वेवास्ता गर्ने कुरा छैन, स्थानीय तहदेखि चुनावमा गठबन्धनका साथीहरूसँग छलफल हुन्छ। सबैको सहयोगमा अगाडि जानुपर्छ,’ उनले भने, ‘तपाईंहरूलाई थाहा छ, एक्लै चुनावमा जाँदा हाम्रो अवस्था के थियोरु धेरै ठाउँ हारिएको थियो। मिलेर चुनाव लगेको अवस्थामा स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म भोलि सरकार बनाउने स्थिति बन्न सक्छ।’

    प्रधानमन्त्री देउवाले कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्ने अवस्था नरहेको पनि बताए।

    ‘गठबन्धनका साथीहरूको सहयोगले यो सरकार बनेको हो। म प्रधानमन्त्री बनेको छु,’ उनले भने, ‘जिल्ला, गाउँमा केही समस्या होलान्। बसेर कुराकानी गर्ने हो। उहाँहरू पनि बुझ्ने नेताहरू हुनुहुन्छ। हाम्रा साथीले पनि कुरा बुझ्नुपर्छ।’

    उनले गठबन्धन र विपक्षी एमालेलाई पनि चिड्याउने कुरा नगर्न आग्रह गरेका थिए।

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले सहयोग गरेपछि आफू प्रधानमन्त्री बनेको देउवाको भनाइ थियो।

    देउवा गत असारमा प्रधानमन्त्री बनेका थिए।

    ‘एउटा कुरा तपाईंहरूलाई म स्पष्ट पार्न चाहन्छु–वास्तवमा यसपालि मैले प्रधानमन्त्री हुन खोजेकै थिइनँ। माओवादी, माधव नेपालजी, जसपालगायत गठबन्धनका सबै साथीहरूले सहयोग गरेर म प्रधानमन्त्री भएको हुँ,’ उनले भने।

    आफू प्रधानमन्त्री बनेपछि परिस्थिति बदलिएको उनले बताए। सर्वोच्चको परमादेशपछि नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेर गत असारमा देउवा प्रधानमन्त्री बनेका थिए।


    बिहिवार, फाल्गुण २६ २०७८०१:४६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij