Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री खड्का टर्की भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खड्का टर्की भ्रमणमा जाँदै

  • मंगलवार, फाल्गुण २४ २०७८

  • 585
    SHARES

  • परराष्ट्रमन्त्री खड्का टर्की भ्रमणमा जाँदै

    काठमाडौँ : परराष्ट्रमन्त्री डा. नारायण खड्का टर्कीको साताव्यापी भ्रमणमा जाँदै हुनुहुन्छ । टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा उहाँ आज साँझ तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।

    यही फागुन २७ देखि २९ गतेसम्म आयोजना हुने कूटनीतिक मञ्चमा मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ । उक्त कार्यक्रममा दक्षिण एशियालगायत विश्वका विभिन्न मुलुकका राजनीतिज्ञ, कूटनीतिज्ञ तथा नीति निर्माताहरू भेला भई विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल गर्ने जनाइएको छ ।

    टर्कीमा रहँदा पररामन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ । नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशको सन्दर्भमा हुन लागेको परराष्ट्रमन्त्रीको यो भ्रमण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ तुल्याउन फलदायी हुने विश्वास गरिएको छ ।


    मंगलवार, फाल्गुण २४ २०७८०६:४५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij