Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

  • सोमवार, फाल्गुण २३ २०७८

  • 633
    SHARES

  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक  बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ। हिजो दुईपटक सारिएको बैठक आज बस्न लागेको हो।

    बैठक बिहान ११ बजे अनुपम फुडल्याण्डमा बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।

    यसअघि, आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक आइतबारनै दिउँसो २ बजेका लागि सारिएको थियो। तर, नबसी आजका लागि सारिएको हो।

    गत शुक्रबारदेखि सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए। बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय छ।

    आजको बैठकमा पदाधिकारी टुंग्याउने नेताहरूको तयारी छ। गतको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो।

    २३६ केन्द्रीय कमिटी मात्रै गठन भएको थियो। केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो। १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन्।

     


    सोमवार, फाल्गुण २३ २०७८०६:५८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij