Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संसद बैठक एक साताका लागि स्थगित

संसद बैठक एक साताका लागि स्थगित

  • आइतवार, फाल्गुण २२ २०७८

  • 454
    SHARES

  • संसद बैठक एक साताका लागि स्थगित

    काठमाडौं – प्रतिनिधिसभाको बैठक फागुन २९ गतेसम्म स्थगित भएको छ । आइतबारको बैठकबाट ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएसँगै बैठक एक साताका लागि स्थगित गरिएको हो ।

    सभामुख अग्नि प्रसाद सापकोटाले आजको बैठकबाट ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएको घोषणा गरेसँगै अर्को बैठक २०७८ फागुन २९ गते आइतबार दिनको १ बजेका लागि तय गरिएको जानकारी दिए ।

    महाभियोग सिफारिस समिति सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, राम बहादुर बिष्ट, रेखा शर्मा, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फे रहेका छन् । जबराविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो ।


    आइतवार, फाल्गुण २२ २०७८०२:४९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij